1
1
Kendrabindu - News & Articles from Nepal
1
1
1

0 Shares

पेट्रोलियम पाइपलाइन निर्माणको काम ९५ प्रतिशत सकियो

1
1
1
1
1
1
1
1

काठमाडौं,

लामो समयदेखि चर्चामा रहेको पेट्रोलियम पाइपलाइन परियोजना करिब सम्पन्न हुने अवस्थामा पुगेको छ । मुलुकमा सञ्चालित राष्ट्रिय गौरवका आयोजना मध्ये सबैभन्दा छिटो सम्पन्न हुने परियोजनामा पेट्रोलियम पाइपलाइन परियोजना परेको छ । निर्माण कार्य सुरु भएको दुई वर्षमा सो परियोजना सम्पन्न हुन लागेको हो ।

मोतिहारीदेखि अमलेखगन्जसम्म पाइपलाइन बिच्छ्याउने काम ९५ प्रतिशत सकिएको नेपाल आयल निगमले जानकारी दिएको छ । निगमका उपनिर्देशक विनितमणि उपाध्यायले पेट्रोलियम पाइपलाईन परियोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । “अब करिब आधा किलोमिटर मात्र पाइप बिच्छ्याउने काम बाँकी छ,” उनले भने, “असारको दोस्रो सातादेखि पाइपमार्फत तेल ल्याउने गरी तयारी गरिरहेका छौं ।”

२०७३ चैत २४ देखि पाइपलाइनको निर्माण कार्य सुरु भएको थियो । पाइपलाइन बिच्छ्याउने काम तीब्र रूपमा विस्तार भएकाले तोकिएको समय भन्दा अगाडि निर्माण कार्य सम्पन्न हुन लागेको उपनिर्देशक उपाध्यायले जानकारी दिए । निर्माण कार्य सुरु भएको ३० महिना भित्रमा सम्पन्न गर्ने सम्झौता भएको थियो । भारतको २ अर्ब र नेपाल आयल निगमको ७५ करोड भारु लागतमा सम्पन्न सो परियोजना निर्माण कार्य सम्पन्न हुन लागेको हो ।

सो पाइपलाइन निर्माण सम्पन्न भइ सञ्चालनमा आएपछि प्रतिघन्टा दुई लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट भित्रिने छन् । पाइपलाइनबाट डिजेल मात्र आयात हुनेछ । बजारमा डिजेलको माग बढी भएको र प्राविधि रूपमा अन्य पेट्रोलियम पदार्थ ढुवानी गर्न कठिन हुँदा पहिलो चरणमा डिजेलमात्र ढुवानी गर्न लागिएको हो ।

पाइपबाट ढुवानी गरेको तेल भन्डारण गर्नका लागि बाराको अमलेखगन्जमा दुई वटा ४१ सय किलोलिटरका ट्यांकी निर्माण सम्पन्न भइसकेका छन् ।
कारोबारबाट

प्रकाशित: २१ जेठ २०७६ ०८:४६ मंगलबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी