८ वटा वडाकाे नतिजा आउँदा मण्डनदेउपुरमा गठबन्धनकाे अग्रता कायमै, पछ्याउँदै एमाले

८ वटा वडाकाे नतिजा आउँदा मण्डनदेउपुरमा गठबन्धनकाे अग्रता कायमै, पछ्याउँदै एमाले


काभ्रेकाे मण्डनदेउपुर नगरपालिकामा मतगणना जारी छ। हालसम्म वडा नम्बर १,२,३, ४, ५, ६, ७ र ८ मा गणना सकिएर अन्तिम परिणाम प्राप्त भइसकेकाे छ। वडा नम्बर १,४,५ र ७ मा एमाले, २, ३ र ६ मा नेपाली कांग्रेसले जित हात पारेका छन्। यस्तै ८ नम्बरमा भने माओवादी केन्द्रले जितेकाे छ । यस वडामा ३ जना सदस्य कांग्रेसले जितेकाे छ भने एक जना माओवादी केन्द्रले जितेकाे छ ।

अहिले वडा नम्बर ९ र १० काे मतगणना जारी छ। यहाँ दुवै वडामा कांग्रेस अग्रस्थानमा छ । 

प्राप्त पछिल्लाे जानकारी अनुसार मेयरमा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका टाेकबहादुर वाइवा अगाडि छन् । उनले ५९९७ मत ल्याउँदा एमालेका विदुर सापकाेटाले ५२४७ मत ल्याएका छन् । नेपाल मजदुर किसान पार्टीका मुना तामाङले २३९ र राप्रपाकी हिरा बजगाइँले २१२ मत पाएका छन् ।

यस्तै उपमेयरमा पनि गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुमणि नेपालले ६७९१ मत ल्याएर अगाडि छन् । एमालेकी सरिता ढकालले ४६०५ मत ल्याएकी छिन्। नेपाल मजदुर किसान पार्टीका पूर्णसिं तामाङले २५८ मत पाएका छन् ।

मण्डनदेउपुरमा १२ वटा वडाहरू रहेका छन् भने यहाँ २१ हजार ९३५ मत खसेकाे छ। 

Logo