1
1
1
1
1

0 Shares

भारतबाट एकवर्षमा २१ अर्बको विद्युत् आयात

1
1
1
1
1
1

काठमाडौं,

नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ हटाउन भारतबाट आयात गर्न थालेको विद्युत् परिमाण हरेक वर्ष बढ्दै गएको छ । गत आर्थिक वर्ष भारतबाट १८ अर्ब ४१ करोड बराबरको विद्युत् आयात भएकोमा चालू आर्थिक वर्ष २१ अर्ब पुग्ने अनुमान प्राधिकरणको छ ।

चालू आर्थिक वर्षको १७ जेठसम्म १७ अर्ब ७९ करोड रुपैयाँको विद्युत् आयात भइसकेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । यद्यपि, यसमा दार्चुला र बैतडीमा भारतबाट आउने १ मेगावाट, उत्तर प्रदेशबाट नेपालगन्जमा आउने १० मेगावाट र बिहारबाट आउने गरेको ३ सय मेगावाट विद्युतको केही भारतले नपाठाएको उनले बताए ।

‘अहिलेसम्म करिब १८ अर्बको आयात भइसकेको छ र अझै ३ अर्ब रुपैयाँको आयात थपिने अनुमान हामीले गरेका छौँ,’ उनले भने, ‘विद्युत् पहुँच बढ्दै जाँदा आयात गरिएको विद्युतको परिमाण र आयात गरिएको विद्युतको प्रतियुनिट औसत दरसमेत बढेकाले भुक्तानी रकम बढी देखिएको छ ।’ नेपालमा विद्युत् पहुँच पुग्ने जनसंख्या बढेर झन्डै ७८ प्रतिशत पुग्दा विद्युत् खपत पनि बढेको छ,’ प्रवक्ता अधिकारीले भने, ‘आयात गर्ने विद्युतको प्रतियुनिट औसत दरसमेत बढेको छ ।’

गत आर्थिक वर्षमा १३२ केभी क्षमतामा ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन सञ्चालन गरिएको थियो । त्यसताका उक्त लाइनबाट १६० मेगावाटसम्म विद्युत् आयात हुँदै आएको थियो । तर, चालू आर्थिक वर्षमा उक्त लाइन २२० केभी क्षमतामा सञ्चालनमा आएपछि २ सय ४० मेगावाट भन्दा बढी विद्युत् आयात भइरहेको छ । नेपालमा विद्युत् बढी खपत हुने समय हिउँदका महिनामा भारतबाट ५ सय ५० मेगावाटभन्दा बढी विद्युत् आयात भएको थियो । यसले गर्दा पनि कुल आयात बढी देखिएको छ ।
नयाँ पत्रिकाबाट

प्रकाशित: २३ जेठ २०७६ ०८:२१ बिहीबार

1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी