विश्वकप क्रिकेटमा आज (बिहीवार) अस्ट्रेलिया र वेस्ट इन्डीज भिड्दैछन् ।
अभ्यास खेलमा अस्ट्रेलियाले वेस्ट इन्डीजलाई हराएको थियो । वेस्ट इन्डीज आज त्यसको बदला लिने दाउमा छ। अस्ट्रेलियाले अफगानिस्तानलाई हराएर प्रतियोगिताको शुरूआत शानदार रूपमा गरेको छ ।
वेस्ट इन्डीजले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ध्वस्त पारेको थियो भने अभ्यास खेलमा न्युजील्यान्डलाई हराएको थियो ।
प्रकाशित: २३ जेठ २०७६ ११:०३ बिहीबार