काठमाडौं,
सरकारले चार देशका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चार देशका लागि राजदूत सिफारिस गरेको हो ।
सरकारले अष्ट्रेलियाका लागि महेश दाहाल, कतारका लागि नारद भारद्वाज, स्पेनमा दावाफुटी शेर्पा र बंगलादेशमा डा वंशीधर मिश्रलाई राजदूतमा सिफारिस गरेको स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार कतारका लागि सिफारिस भएका राजदूत नारद र दावाफुटी सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकटका हुन् भने अष्ट्रेलियाका लागि सिफारिस महेश नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल निकटका हुन् । त्यस्तै बंगलादेशका लागि सिफारिस भएका डा. वंशीधर नेकपाका वरिष्ठ नेता माधव नेपाल निकटका हुन् ।
नागरिकबाट
प्रकाशित: २५ जेठ २०७६ ०८:५० शनिबार