चट्याङ लागेर दुई जनाको मृत्यु, तीन जना घाइते

चट्याङ लागेर दुई जनाको मृत्यु, तीन जना घाइते


उदयपुर र बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका-११ गोठडाँडा बस्ने ४५ वर्षीया भक्त कुमारी बुढाथोकीको चट्याङले लागेर आइतबार बिहान मृत्यु भएको हो । 

आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ लागेर गम्भीर घाइते भएकी उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

बागलुङको ढोटपाटन नगरपालिका-७ गाल्ढुङ बस्ने १९ वर्षीय बालचन्द्र विकको चट्याङ लागेर आइतबार दिउँसो मृत्यु भएको छ । 

सोही ठाउँमा चट्याङ पर्दा बालचन्द्र विक लगायत ४ जना घाइते भई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ बागलुङ लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । अन्य घाइतेलाई थप उपचारको लागि मिसन अस्पताल पाल्पा रिफर गरिएको छ । 

Logo