४ जेठ २०७९ बुधबार
1
1
1
1

0 Shares

अर्को साता आउँछ नेपालमा मनसुन

1
1
1
1
1
1

काठमाडौं,

उहिले उहिले असार लाग्दै गर्दा आकाशको बादल हेरेर किसान धानका बिउ राख्थे । तर अब मौसम हेर्ने चलन बदलिएको छ । मनसुन भित्रिनै लाग्दा नेपालका किसान आकाश हेरेर हैन, मौसम पूर्वानुमान हेरेर खेती लाउने तयारी गरिरहेका छन् ।

जल तथा मौसम विज्ञान विभाग महाशाखा अन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले यतिबेला हरेक तीन दिनको मौसम पूर्वानुमान गरिरहेको छ । तीनदिनको पूर्वानुमानलाई सात दिनमा बदलेर कृषि वातावरण विभागले किसान समक्ष कृषि मौसमका रूपमा पु¥याइरहेको छ । यसवर्षको मनसुनको जानकारी दिने तयारी विभागले गरिरहेको छ ।

नेपालमा मौसम भित्रिने दिनका हिसाबले जुन १० हो । तर नेपालमा यसवर्ष एकहप्ता ढिला गरी मनसुन भित्रने मौसमविद्हरूको भनाइ छ । “मनसुन आउने क्रममा छ,” मौसमविद मन्जु बासीले भन्नुभयो, “मनसुनले भारतको केरला छोयो अब विस्तारै नेपाल भित्रनेछ ।”

मनसुन अघि सक्रिय बनेको प्रिमनसुनले भने आकाश छाडेको छैन । प्रिमनसुन र हिउँदे वर्षा पश्चिमी वायुको प्रभावले नेपालमा रहन्छ । तर मनसुन दक्षिणपूर्वी वायुले पश्चिमी वायुलाई विस्थापित गरेपछि मात्र नेपालमा सुरु हुन्छ ।
गोरखापत्रबाट

प्रकाशित: २७ जेठ २०७६ ०८:०६ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी