संखुवासभामा सुख्खा पहिरो खस्दा २ जना मजदुरको मृत्यु

संखुवासभामा सुख्खा पहिरो खस्दा २ जना मजदुरको मृत्यु


सुख्खा पहिरो खस्दा संखुवासभामा २ जना मजदुरको मृत्यु भएको छ । चैनपुर नगरपालिका-१, मा सुख्खा पहिरोले पुरिएर बुधबार दुई जनाको मृत्यु भएको हो । 

नुनढाकी सडकखण्ड निर्माणका क्रममा पहिरो खस्दा कामदार रामकुमार राई र हेमराज मगरको पहिरोमा पुरिएर घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताए । प्रहरीका अनुसार सडकमा पर्खाल लगाउने क्रममा पहिरो गएको थियो । 

 

Logo