कतारमा कोरोनाको संक्रमण दर चरम बिन्दुबाट घटने क्रममा

कतारमा कोरोनाको संक्रमण दर चरम बिन्दुबाट घटने क्रममा


दोहा कतार

कतारमा कोरोनाको संक्रमण चरम बिन्दुबाट घटने क्रममा रहेको छ । गत फेब्रुअरीमा पहिलो पटक कतारमा कोरोना देखीए यता हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या दुईसय नाघेको छ । जसमध्य १८ जना नेपाली नागरीक रहेका छन ।

स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा २ सय २ जनाले स्वास्थ्य लाभ गरेका हुन् । यो सँगै स्वास्थ्य लाभ गर्नेको कुल सङ्ख्या १ लाख १६ हजार ३१३ पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २०१ रहेको छ ।

तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ५ हजार १ सय ६२ जनामा गरिएको परीक्षणमा थप २ सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । हालसम्म कतारमा सङ्क्रमितको सङ्ख्या १ लाख १९ हजार ४२० पुगेको छ । संक्रमित मध्ये ३ सय ९० जनालाई डाक्टरहरूको निगरानीमा अस्पतालको क्वारेनटिनमा राखिएको छ भने थप ३ सहित ५८ जनालाई आइसियुमा राखी उपचार जारि राखिएको छ ।

कुल २ हजार ९ सय ६ जनाको उपचार चलिरहेको छ । नयाँ भेटिएका सङ्क्रमितहरू आप्रवासी तथा स्थानीय नगारिकहरु रहेको बताइएको छ । आजसम्म ६ लाख ४४ हजार ९ सय ४ जनामा कोरोनाको परीक्षण गरिएको छ ।

Logo