सर्लाहीमा प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच दोहोरो झडप भएको छ ।
बिहीबार दिउँसो सर्लाहीको लालबन्दीमा प्रहरी र नेकपा विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको हो। दोहोरो झडपमा एक जनाको मृतयु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कुमार पौडेल रहेको प्रहरीको भनाइ छ । उनी नेकपाका सर्लाही इन्चार्ज रहेको प्रहरीले दाबी गरेको छ ।
गोली हानेर तीनजना फरार भएको प्रहरीले जनाएको छ ।
प्रकाशित: ५ असार २०७६ १५:५२ बिहीबार