क्यान्सरविरुद्धको जनचेतनाका लागि भक्तपुरमा हाइकिङ

क्यान्सरविरुद्धको जनचेतनाका लागि भक्तपुरमा हाइकिङ


नेपाल क्यान्सर सहयोग समूहले क्यान्सर रोगका विरुद्ध जनचेतना जगाउन भक्तपुरमा हाइकिङ गरिएको छ ।

भक्तपुरको नगरकोटमा हाइकिङ कार्यक्रम गरिएको हो । काभ्रेको मण्डनदेउपुर नगरपालिका १ स्थित निभा होटलबाट नगरकोट बसपार्कसम्म झण्डै दुई किलोमिटरको यात्रामा हाइकिङ गरिएको हो । हाइकिङमा क्यान्सर विरुद्ध लडेर विजय प्राप्त पूर्व झण्डै तीन दर्जन क्यान्सर रोगीहरु रहेका थिए ।

नेपाल क्यान्सर सहयोग समूहका महासचिव गणेशभक्त श्रेष्ठले समूहले क्यान्सर रोगविरुद्ध निरन्तर जनचेतनामूलक कार्यक्रमहरु गरिरहेको जानकारी गराए । यही क्रममा भक्तपुरको नगरकोटबासीमा जनचेतना जगाउने उद्देश्यले कार्यक्रम गरिएको उनले जानकारी दिए ।

 

Logo