रिसर्च भन्छ : श्रीमान श्रीमती वा पार्टनरसँग एकसाथ सुत्दा मिठो निन्द्रा लाग्ने

रिसर्च भन्छ : श्रीमान श्रीमती वा पार्टनरसँग एकसाथ सुत्दा मिठो निन्द्रा लाग्ने


एक्लै सुत्ने मानिसको तुलनामा आफ्नो पार्टनर वा पतिसँग ओछ्यान साझा गर्ने मानिसहरू राम्रोसँग सुत्ने गर्छन । हालै एरिजोना युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले गरेको नयाँ अध्ययन अनुसार, पार्टनर वा श्रीमान श्रीमतीसँग ओछ्यान साझा गर्नेहरू राम्रोसँग सुत्ने र कम थकान महसुस गर्ने र धेरै समयसम्म सुत्ने रिपोर्ट सार्वजनिक गरे । सो रिसर्चमा भनिएको छ, पार्टनरसँग सुत्नेहरू छिट्टै सुत्छन्, निदाएपछि लामो समयसम्म सुत्छन् र इन्सोमेनियाको (निन्द्रा नलाग्ने रोग) जोखिम कम हुन्छ । 

अनुसन्धानमा यो पनि फेला पारे कि पार्टनरसँग सुत्दा कम चिन्ता, र तनाव पनि कमहुने र अधिक सामाजिक कार्यमा सहभागि हुने र धेरै जसो कुराहरुमा सन्तुष्ट भएको पाइयो । सो रिसर्चमा के पनि पाइयो भन्दा एक्लै सुत्दा उच्च डिप्रेसन हुने सम्भावना, सामाजिक कार्यमा कम सहभागिता र खराब जीवनशैली र आफ्नो सम्बन्धमा पनि सन्तुष्ट नभएको पाइएको थियो ।

 ‘रोमान्टिक पार्टनर वा जीवनसाथीसँग सुत्दा स्वास्थ्यमा ठूलो फाइदा हुन्छ यसले निन्द्रा कम लाग्ने जोखिम कम गर्छ, समग्रमा यसले मानिसको स्वास्थ्य गुणस्तरमा सुधार हुन्छ, विश्वविद्यालयको मनोचिकित्सा विभागका स्नातक अनुसन्धानकर्ता ब्रान्डन फ्युएन्टेसले भने ।’ यो अध्ययन दक्षिणपूर्वी पेन्सिलभेनियाका १ हजार ७ जना काम गर्ने मानिसहरुको निद्रा र स्वास्थ्य गतिविधि, आहार, वातावरण, र सामाजिकिकरण आदिको अध्ययनबाट सङ्कलन गरिएको डेटाको आधारमा निकालएिको थियो । 
 

Logo