मूल्यवृद्धि विरुद्ध अनेरास्ववियूको जुलुस, जलाए मन्त्रीहरूको पुत्ला

मूल्यवृद्धि विरुद्ध अनेरास्ववियूको जुलुस, जलाए मन्त्रीहरूको पुत्ला


सत्तारुढ दल नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थलगायतको मूल्यवृद्धिको विरोध गरेको छ ।

अध्यक्ष सुदेश पराजुली नेतृत्वको अखिलका विद्यार्थीले शंकरदेव क्याम्पस अगाडि अर्थमन्त्री जनार्दन शर्मा र आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको पुत्लासमेत जलाएका छन् । सोक्रममा प्रहरीले बल प्रयोग गर्दा सामान्य झडपसमेत भएको छ । मूल्यवृद्धि तत्काल फिर्ता गर्नुपर्ने उनीहरुको माग छ ।

Logo