माओवादीको केन्द्रीय समिति बैठक फेरि सर्ने

माओवादीको केन्द्रीय समिति बैठक फेरि सर्ने


नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको १५ असारलाई तोकिएको बैठक फेरि सर्ने भएको छ ।
असार १५ धान दिवस भएको र खेतपाती गर्ने मुख्य समयमा बैठक राख्न उपयुक्त नहुने भएकाले बैठक फेरि सर्ने माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले भने सार्नेबारे सल्लाह भइरहेको तर कुनै निर्णय नभएको बताए ।

यसअघि स्थानीय चुनाव सकिएलगत्तै २० जेठमा बैठक बस्ने भनिएको थियो । तर माओवादीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुले १० असारमा बजेट पेश गर्नु पर्ने भएकाले बैठक उचित नहुने भन्दै सारिएको थियो । गत पुसमा आठौं महाधिवेशन गरेको माओवादीले अहिलेसम्म केन्द्रीय समितिलाई पूर्णता दिन सकेको छैन भने पदाधिकारी पनि चयन भएका छैनन् ।
त्यस्तै नेताहरुको कार्यविभाजन पनि हुन सकेको छैन । अमेरिकी सहयता परियोजना एमसीसीका कारण पार्टीभित्र देखिएको विवादमा चुनावपछि बहस गर्ने भन्दै स्थगित भएको थियो ।
त्यसबारे पनि केन्द्रीय समितिमा छलफल गर्ने माओवादीको तयारी थियो ।
 

Logo