छुचुन्द्रोलाई औधी मनपर्छ पिरो खुर्सानी !

छुचुन्द्रोलाई औधी मनपर्छ पिरो खुर्सानी !


मान्छे पछि पिरो मन पराउने अर्को प्राणि छुचुन्द्रो पाइएको छ । हेर्दा मुसा जस्तै देखिने लामो थुतुनो भएको प्राणी हो छुचुन्द्रो । 

छुचुन्द्रो विश्वभर सबैभन्दा बढी पाइने जनावरहरू मध्ये एक हो । संसारभर छुचुन्द्रोको लगभग ३० प्रजातिहरू पाइन्छ । 
चीनको कुनमिङ इन्स्टिच्युट अफ जियोलोजीका अनुसन्धानकर्ताहरूले माटोमुनि बस्ने यो जनावरले पिरो निकै स्वादका साथ खाने बताएका छन् । मसालेदार खानेकुरामा क्याप्साइसीन नामक रसायन हुन्छ । जुन खाँदा प्राणीहरुको जिब्रोमा रहेका कोसिकाहरलाई सक्रिय बनाउछ, जसले जिब्रो र जिब्रोको अन्य भागमा दुखाइ तथा तापको अनुभुति गराउने कोशिकाहरू रिसेप्टर मार्फत जिवित प्राणिहरुलाई जलन र तापको अनुभव गराउछ, र अक्सर पसिना आउन थाल्छ ।

अनुसन्धानकर्ताले सो अनुसन्धानमा बन्धक बनाएर राखेको छुचुन्द्रोलाई खुर्सानी दिदा उनीहरुले खुसीसाथ खुर्सानी चपाएको देखेर अनुसन्धानकर्ताहरु छक्क परेका थिए । 
अनुसन्धानकर्ताले यस्तो कसरी सम्भव भयो भनेर छुचुन्द्रोको अध्ययन सुरु गर्यो । अध्ययनमा तिनीहरूले पत्ता लगाए कि छुचुन्द्रोको जीनमा पाइने रिसेप्टर्सले क्याप्साइसीनको प्रभावलाई घटाउँछ जसले गर्दा उनीहरुले सहजै रुपमा पिरो कुराहरु खान र पचाउन सक्छन ।
छुचुन्द्रोले भोक सहन गर्न सक्दैन । यदि उसले १२ घण्टासम्म केही पनि खान पाएन भने उ भोककै कारण मर्छ ।
 

Logo