घुस लेनदेनबारे न्यायाधीश कोइरालाको अडियो छानविन भइरहेको छ : कानुनमन्त्री कोइराला

घुस लेनदेनबारे न्यायाधीश कोइरालाको अडियो छानविन भइरहेको छ : कानुनमन्त्री कोइराला


कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले काठमाडौंका जिल्ला न्यायाधीश राजकुमार कोइरालाको घुस लेनदेनबारेको अडियोबारे छानविन भईरहेको बताएका छन् ।

 मन्त्री कोइरालाले जिल्ला न्यायाधिश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि घुस लेनदेनबारे अडियो सार्वजनिक भएकाले त्यसको सत्यतथ्य पत्ता लगाउन छानवीन समितिनै गठन गरिएको स्पष्ट पारे ।

 बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग उनले न्यायालय सुधारका लागि सरकारले अभियाननै संचालन गरिएको दाबी गरे । न्यायाधीशको नियुक्ती नै गलत ढंगले हुने भएकाले न्यायालयमा विकृति र विसंगति बढदै गएको उल्लेख गर्दै मन्त्री कोइरालाले त्यसलाई हटाउन सरकारले निर्देशिका बनाउने कामलाई अघि बढाएको स्मरण गराए । 

उनले भने, ‘विगत केही समयदेखि यतिधेरै न्यायलयहरुप्रतिको आस्था गिर्दै गएको छ । जुन अडियो बाहिर सार्वजनिक भएको छ । त्यसको सत्यतथ्य खोजविन गर्दैछौं । कति ठिक, कति बेठिक भनेर छानवीन गर्न समितिनै गठन गरिएको छ । त्यो घटना बाहेकलाई हेर्ने हो पनि न्यायालय भित्र विकृति र विसंगति थियो ।

 त्यसका विरुद्ध आन्दोलन पनि भयो । त्यसलाई सुधार गर्नका लागि अभियाननै संचालन गरिएको छ । त्यसको सुरुवात नियुक्ती बाटै हुने भएकाले सुधारका लागि निर्देशिका बनाउने काम सुरु गरिएको छ ।’मन्त्री कोइरालाले न्यायालय भित्रको गिर्दे आस्थालाई जोगाउन सरकार लागि परेको पनि बताउनु भयो ।
 

Logo