प्रेमी भनिएका एकराजले भने : विमला वलीलाई कारबाही गरियाेस्

प्रेमी भनिएका एकराजले भने : विमला वलीलाई कारबाही गरियाेस्


लुम्बिनी प्रदेशका विवादित स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीलाई कारवाही गर्न उनकै प्रेमी भनिएका एकराज बस्नेतले माग गरेका छन् ।

एकराजले आफ्नो परिवारमा उडण्ड मच्चाएको बताउँदै राज्यमन्त्री वलीलाई कारवाही गर्न माग गरेका छन् । जेठ ३१ गते बस्नेत घरमा नभएको समयमा सुरक्षाकर्मीसहित पुगेर बस्नेतकी श्रीमति र छोरीलाई पिटेको, घरमा तोडफोड गरेकाले वलीलाई कारबाही हुनुपर्ने माग उनको माग छ । 

लुम्बिनी प्रदेश सरकारले गठन गरेको छानविन समितिसमक्ष उनले यस्तो बताएका हुन् । बस्नेतको श्रीमतिले पनि वलीविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् । छानविन समिति समक्ष बस्नेतले वलीलाई केही रकम दिनुपर्ने भएको पनि बताएका छन् । वली र बस्नेतका बीचमा आर्थिक लेनदेनको कारोबार पनि रहेको खुलेको समितिका एक सदस्यले बताए ।

जेठ ३१ गते बिहान राज्यमन्त्री वली तुलसीपुर उपमहानगरपालिका वडा नं ५ आलुमण्डीस्थित एकराज बस्नेतको घरमा गई एकराजकी श्रीमती मीना र साढे ३ वर्षकी छोरीमाथि कुटपिट गरेकी थिइन् । घटना भएको दोस्रो दिन प्रदेश सरकारको असार १ गते बसेको मन्त्रिपरिषद् बैठकले राज्यमन्त्री वली घटनाबारे सत्यतथ्य छानबिन गर्न कार्यदल गठन गरेको थियो ।

Logo