पुँजीवादको दाँत फुक्लिसक्यो : झलनाथ खनाल

पुँजीवादको दाँत फुक्लिसक्यो : झलनाथ खनाल


नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले विश्वभर पुँजीवादको दाँत फुक्लिसकेको बताएका छन् । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको समाजवादबारेको अन्तरक्रियामा बोल्दै खनालले पुँजीवाद कमजोर भइसकेको बताएका हुन् । ‘ पुँजीवादको दाँत फुक्लिसकेको छ ।

पुँजीवाद बचाउन अमेरिकाजस्तो देशले विश्वका ८० वटा देशमा सैन्य क्याम्पहरू खोलेको छ । ती मेलिटरी कम्प्लेक्सकै कारण दुनियाँमा पुँजीवाद र पुँजीवादी लोकतन्त्र बचेको छ । त्यस कारण बुढो भइसकेको पुँजीवादको आयु लामो छैन’, खनालले भने । हरेक बिहान घाम लागेजस्तै समाजवाद आउने निश्चित भएको खनालको दाबी छ ।

‘जसरी भोलि घाम झुल्कनु अनिवार्य छ त्यसरी नै समाजवाद आउनु जरुरी छ । समाजवादलाई धरतीको कुनै तागतले रोक्न सक्दैन । न एटम बमले रोक्छ , न मिसाइलले रोक्छ’, उनले भने ।नेपालमा समाजवाद आउन नसक्नुमा समाजवादी शक्तिबीच सहकार्य नहुनु रहेको खनालले बताए ।

Skip This
Logo