जोनी डेपलाई क्यारेबियन सिरिजमा फर्कन निर्माताको ३८ अरबको अफर

जोनी डेपलाई क्यारेबियन सिरिजमा फर्कन निर्माताको ३८ अरबको अफर


जोनी डेपलाई पून पाइरेट्स अफ डि क्यारेबियन फिल्म खेल्नका लागि मेकर्सहरुले आग्रह गरेका छन् । 

केही समयअघि पूर्व पत्नी एम्बर हर्डसँग कानुनी लडाइँमा फसेका बेला उनलाई डिज्नीले फिल्मबाट निकालेका थिए । एम्बर हर्डले उनीमाथि घरेलु हिंसाको आरोप लगाएपछि अभिनेताले आफ्ना धेरै फिल्म गुमाउनुपरेको थियो । अभिनेताले आफ्नो सम्मान फिर्ता पाउन एम्बर हर्ड विरुद्ध मानहानीको मुद्दा दायर गरे ।

जोनी डेपले यो मुद्दा हालै जितेका थिए । एम्बर हर्ड बिरूद्धको मुद्दा जितिसकेपछि, जोनीलाई फेरि फिल्म प्रस्ताव गरिएको छ । अदालतको मुद्वा जोनीले जितेपछि क्यारेबियन सिरिजका निर्माताहरूले जोनी डेपसँग माफी मागेका छन् । फिल्म मेकरहरूले क्यारेबियन सिरिजका लागि जोनी डेपलाई उनले मागेको जति नै पर्याप्त रकम दिन चाहन्छन् ।

जोनी डेपले क्यारेबियन फिल्मको अघिल्लो सिरिजहरुमा समुद्री डार्कू ज्याक स्प्यारो’ को भूमिका निर्वाह गर्दै आएका छन् । यो भूमिकामा उनलाई विश्वभरका सिनेदर्शकले निकै रुचाएका छन् । फिल्म निर्माताले अब उनलाई यो भूमिकाका लागि ३०१ मिलियन डलर अर्थात् करिब ३८ अरब ३२ करोड र २८ लाख रुपैयाँको ठूलो अफर दिएका छन् ।

यदि जोनीले यो अफर स्वीकार गरे भने उनका फ्यानहरु धेरै खुसी हुनेछन् । जोनीले फिल्म ‘पाइरेट्स अफ द क्यारेबियन’ मा समुद्री डाकूको भूमिका निभाएका थिए जो आफ्नो चलाखताका लागि चर्चित छन् ।
 

Logo