२७ साउन २०७९ शुक्रबार
1
1
1
1

0 Shares

दिल्ली पुर्‍याएर २६ लाख लुटपाट गर्ने गिरोहमा प्रहरीकै संलग्नता

1
1
1
1
1

काठमाडौं,

एक नेपाली किशोरलाई क्यानडा पठाउने आश्वासनमा नयाँदिल्ली पुर्‍याएर लुटपाट गर्ने गिरोहमा प्रहरीकै संलग्नता भेटिएको छ ।

इलाका प्रहरी कार्यालय बर्दिबासमा कार्यरत प्रहरी जवान दिनेश कार्कीसहित चार जनालाई पक्राउ गरी मानव बेचबिखन अनुसन्धान ब्युरोले अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्ने अन्यमा योगेश सापकोटा, सचिन बराल र जीवन भट्टराई छन् ।

प्रहरी जवान कार्कीले म्याग्दीका देवेन्द्र रोक्कालाई दिल्लीसम्म पुर्‍याएका थिए । दिल्लीमा रोक्काका बुबा र मामालाई बेहोस बनाएर उनीहरूसँग भएको २४ हजार डलर लुटिएको थियो । गिरोहले मिर्गौलासमेत निकाल्न खोजेको आशंका गरिएको छ ।

चारै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारका साथै ठगी मुद्दामा कारबाही अघि बढाइएको ब्युरोका प्रहरी उपरीक्षक (एसपी) गोविन्द थपलियाले बताए । विदेश जाने प्रक्रिया बुझ्न एक कन्सल्टेन्सी धाइरहेका रोक्कालाई सचिन बरालले क्यानडाको सपना देखाएका थिए । उनले आफ्ना दाइ हरि बरालले क्यानडा लैजान सक्ने आश्वासनसँगै मोबाइल नम्बर दिएका थिए ।

क्यानडामा रहेका भनिएका बरालले धेरै खर्च नलाग्ने र आफन्तहरूसँगै क्यानडा आउन भनेपछि रोक्का प्रहरी जवान कार्कीसँग २२ माघमा दिल्ली उडेका थिए । कार्की बरालकै आफन्त भएकाले बाटोमा समस्या नहुने रोक्काको विश्वास थियो ।
नयाँ पत्रिकाबाट

प्रकाशित: १९ असार २०७६ ०६:४४ बिहीबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी