गेट कलेजमा ‘हस्‍पिटालिटी फेयर सम्पन्न’

गेट कलेजमा ‘हस्‍पिटालिटी फेयर सम्पन्न’


काठमाडौंको मन्दिखाटारमा रहेको ग्लोवल एकेडेमी अफ टुरिजम एण्ड हस्‍पिटालिटी एजुकेसन (गेट) कलेजमा शुक्रबार हस्‍पिटालिटी फेयर कार्यक्रम सम्पन्न भएको छ। 

कार्यक्रमको आयोजना गेट कलेजमै अध्ययनरत विद्यार्थीहरुले गरेका हुन् । भर्खरै एसईई र कक्षा १२ को  परिक्षा सकेर बसेका विद्यार्थीहरुलाई कलेजमा अध्यापन भइरहेको होटल म्यानेजमेन्ट कोर्षबारे जानकारी दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। 

कार्यक्रममा विद्यार्थीहरुको आकर्षणका लागि लाइभ म्युजिक, स्पाइसी फुड टेस्टिङ च्यालेन्ज र अन्य बिभिन्न खेलकुदहरु खेलाइएको थियो । विद्यार्थीहरुले अरेबिक, स्विस, अमेरिकन, ब्रिटिस लगायत विभिन्न देशका प्रसिद्ध फुडहरुलाई पस्केका थिए ।

कार्यक्रममा होटल म्यानेजमेन्ट भनेको खाना पकाउने मात्र नभएर कार्यक्रमहरु कसरी सञ्चालन गर्ने र समग्रमा व्यक्तिको विकास गर्नका लागि होटल म्यानेजमेन्ट पढ्नु आजको आवश्यकता रहेको कार्यक्रम आयोजका तर्फबाट उज्जल जोशीले बताए । 

हस्पिटालिटी फेयरमा झन्डै १०० विद्यार्थीहरुले भ्रमण गरेको जानकारी आयोजक जोशीले बताए । कार्यक्रममा उपस्थित विभिन्न विद्यालयका विद्यार्थीहरुले होटल म्यानेजमेन्ट भनेको त आफूले बुझेको भन्दा भिन्न र आकर्षक भएको बताएका थिए। आफूहरुले खाना पकाउने कामलाई मात्र होटल म्यानेजमेन्ट बुझेको तर कार्यक्रममा उपस्थित जनाएपछि भने होटल म्यानेजमेन्ट प्रतिको नजर परिवर्तन भएको बताएका थिए ।

कार्यक्रम आफूले सोचे जस्तै भएको र शिक्षक, समकक्षी साथिहरुको सहयोगले कार्यक्र्रम उत्साहका साथ सम्पन्न भएको कार्यक्रम आयोजक विद्यार्थीहरुले बताए ।
 

Logo