1
1
Kendrabindu - News & Articles from Nepal
1
1
1

0 Shares

प्रतिव्यक्ति दैनिक १३५ लिटर पानी आवश्यक, पाउँछन् २० लिटर मात्रै

1
1
1
1
1
1
1
1

काठमाडौं,

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार काठमाडौंमा एक व्यक्तिलाई प्रतिदिन १३५ लिटर पानी आवश्यक पर्छ । यो आधारमा उपत्यकाका ३० लाख जनसंख्यालाई दैनिक ४२ करोड लिटर पानी आवश्यक पर्छ । तर, केयुकेएलसँग अहिले प्रतिदिन १० करोड लिटर मात्रै उपलब्ध छ । यो मध्ये ३५ देखि ४० प्रतिशत पानी त चुहिएरै सकिन्छ ।

त्यसैले उपभोक्ताको घरमा ५ देखि ६ करोड लिटर मात्रै पुग्छ । यस आधारमा दैनिक एक व्यक्तिको भागमा २० लिटर मात्रै पर्छ । तर उपभोक्ताले यही पानी पनि दैनिक नपाउने भएकाले जटिल समस्या छ । ‘उपत्यकाभित्रका सर्फेसमा रहेका पानीका स्रोत अधिकतम प्रयोग गरिएको छ । जमिनमुनिको पानी पनि ८० ठाउँबाट उत्पादन हुँदैछन् । यी सबैबाट दैनिक १० करोड लिटर पानी मात्रै उत्पादन हुन्छ । तर माग ४२ लाख लिटरको छ । यति ठूलो मागलाई १० करोड लिटरले कसरी धान्न सक्छ,’ केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले भने ।

राष्ट्रपति र प्रधानमन्त्रीको सरकारी निवास रहेको क्षेत्रमै खानेपानीको हाहाकार छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का अनुसार काठमाडौंमा शीतलनिवास, बालुवाटार, वसुन्धरा, नयाँबजार, गोंगबु, महाराजगन्ज, ठमेल, नक्साल, हाँडीगाउँ, सामखुसी लगायत क्षेत्रमा खानेपानीको चरम अभाव छ । शीतलनिवास र बालुवाटार क्षेत्रका घरहरूमा २० दिनमा बिराएर बढीमा तीन घन्टा खानेपानी वितरण गरिँदै आएको छ ।

दक्षिणी सामाखुसी क्षेत्रमा १९ दिनमा, बाँसबारी र कपन क्षेत्रमा १८ दिनमा र बसुन्धरा पश्चिम क्षेत्रमा १७ दिनमा एकपटक खानेपानी वितरण हुँदै आएको छ । बानेश्वर आसपासका क्षेत्रमा पनि खानीपानीको अभाव छ । उक्त क्षेत्रका घरका धारामा आठ दिनमा दुई घन्टा मात्रै खानेपानी आउँछ । क्षेत्रपाटी आसपासमा नौ दिन बिराएर आउँछ । बौद्ध, महांकाल, चुच्चेपाटी, चाबहिल क्षेत्रमा पनि नौ दिनमा एकपटक खानेपानी वितरण हुन्छ । त्यस्तै, त्रिपुरेश्वर, कालिमाटी, डल्लु आसपासका क्षेत्रका घरमा सातामा एकपटक सरकारी पानी आउँछ । ललितपुरको कुपन्डोल, जावलाखेल क्षेत्रमा पनि समस्या उस्तै छ । यहाँ एक सातामा पानी वितरण हुन्छ ।
नयाँ पत्रिकाबाट

प्रकाशित: २१ असार २०७६ ०७:०४ शनिबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी