फर्सीका फाइदै फाइदा

फर्सीका फाइदै फाइदा


अहिले फर्सीको सिजन चलिरिहेको छ । गाउँ, घर बजार सबैतिर फर्सी प्रसस्त मात्रामा पाइन्छ ।

फर्सीको तरकारी धेरै कम मानिसहरुलाई मनपर्छ । तर, यो तरकारीमा धेरै पौष्टिक तत्व पाइन्छ ।  फर्सीको बीउमा डाइटरी फाइबर हुन्छ । जसले हाम्रो पाचन प्रक्रियालाई सहज बनाउँछ । फर्सीको तरकारीमा भन्दा यसको बीउमा धेरै पोष्टिक तत्वहरू पाइन्छ । फर्सीको बीउले मधुमेह र मुटुसँग सम्बन्धित रोगहरूलाई हटाउन मद्दत गर्दछ । फर्सीको बीउमा धेरै प्रकारका एन्टिअक्सिडेन्ट र पोषक तत्वहरू हुन्छन । हालै भएको एक अनुसन्धानले के देखाएको छ भने फर्सीमा पाइने बीउको तेलले उच्च रक्तचाप र कोलेस्ट्रोलको स्तर कम गर्न धेरै सहयोगी साबित भएको छ ।
मुटु रोगी, मधुमेह र मोटोपनाबाट पीडित व्यक्तिहरूले आफ्नो आहारमा उच्च फाइबरयुक्त खानेकुराहरू(फर्सी) समावेश गर्दा उनीहरुको स्वास्थ्य धेरै राम्रो हुन्छ । फर्सीमा पाइने म्याग्नेसियमले मधुमेह र मुटु रोगको जोखिमलाई कम गर्छ ।  

मधुमेह रोगीहरूको लागि फर्सीको बीउको धूलो निकै फाइदाजनक हुन्छ । फर्सीको धुलोले मधुमेह रोगीको रगतमा चिनीको मात्रा घटाउन मद्दत गर्दछ ।
 

Logo