काठमाडौं,
केहि दिन यता भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणको निर्णयबाट सरकार पछि हटेको विषयले निकै चर्चा पाएको छ । यसैक्रममा विरोधका आवाजहरु पनि आउन थालेका छन् । विरोध स्वरुप सरकारले सो निर्णय फिर्ता लिनु पर्ने र परिक्षण हुनु पर्ने माग गर्दै नेपाल विद्यार्थी संघले राजधानीमा आज प्रदर्शन गरेको छ । राँके जुलुससहितको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर ९ जनालाई नियन्त्रणमा लिएको छ।
नेविसंघले विषादी परीक्षणको निर्णय कार्यान्वयनको माग गर्दै आज साँझ सिंहदरबारको पूर्वी गेटबाट राँकेजुलुस निकालेको थियो । जुलुस घट्टेकुलोमा पुग्न लाग्दा सिंहदरबार वृत्तका प्रहरीले हस्तक्षेप गरेर नेविसंघका ९ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई आज छोड्ने सम्भावना नभएको पनि बताइएको छ ।’
प्रकाशित: २३ असार २०७६ २१:३० सोमबार