सनोग र एन्पिनोगले काठमाडौंमा सूचना प्रविधि अन्तर्राष्ट्रिय कार्यशाला गर्ने

सनोग र एन्पिनोगले काठमाडौंमा सूचना प्रविधि अन्तर्राष्ट्रिय कार्यशाला गर्ने


इन्टरनेट सेवा प्रदायक एवं सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरत ब्यक्ति एवं संस्था South Asian Network Operator Group SANOG तथा नेपाल नेटवर्क अपरेटर्स ग्रुप एन्पिनोगले यही श्रावन २ देखि श्रावन ६ सम्म SANOG–38 NPNOG -6 नामक ५ दिने कार्यक्रम आयोजना गर्ने भएको छ ।

उक्त कार्यक्रममा नेटवर्किङ एवं सूचना तथा संचार प्रविधिको क्षेत्रमा लागेका व्यवसायिक साथै प्रविधिको अनुसन्धान एवं शिक्षणमा संलग्न व्यक्तिहरुका बीच यस क्षेत्रमा विश्वमा भइरहेका उत्कृष्ट अभ्यासहरुको बारेमा छलफल एवं अनुभव आदानप्रदान हुनेछ ।

कार्यक्रमबाट यस क्षेत्रमा लागेकाहरुले इन्टरनेट प्रविधिको बारेमा जानकारी पाउनुका साथै त्यस्ता प्रविधिमा देखापर्ने समस्या एवं चुनौतीहरुको बारेमा समेत जानकारी हासिल गर्नेछन् ।

Internet Exchange Nepal (NPIX) and Nepal Network Operators Group (NPNOG) ले संयुक्त रुपमा काठमाडौंको Marriott Hotel मा पाँच दिने कार्यक्रममा चार दिन workshop र १ दिन Conference गरिने छन् । कार्यशलाका बिषयहरु Routing Infrastructure and
Operational Security:, Network Management, Monitoring & Security:, 2) IPv6 Deployment, 3) Network Security रहेका छन् ।

कार्यशाला workshop मा बिभिन्न क्षेत्रका विशेषज्ञहरुका साथै केहि अन्तराष्ट्रिय विशेषज्ञहरुले सहभागीलाई ४ दिन सम्म ज्ञान एवं तालिम प्रदान गर्नेछन् । उक्त तालिम कार्यक्रम अध्ययनरत विधाथी एवं सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरतहरुका लागि विशेष लाभदायक हुनेछ ।

कार्यक्रमको अन्तिम दिन दिन आयोजना हुने सम्मेलनमा नेपाल तथा विश्वको सूचना तथा संचार प्रविधिको क्षेत्रको वर्तमान अवस्था, चुनौतीहरु एवं सफलताका कथाहरुको बारेमा नेपाल तथा अन्य मुलुकका सूचना तथा संचार प्रविधि क्षेत्र, दुरसंचार क्षेत्र, इन्टरनेट सेवा प्रदायक कम्पनी, बैंक एवं सरकारी प्रतिनिधिहरुले विशेष प्रस्तुति दिनेछन् ।
 

 

Logo