आयुर्बेदका अनुसार साउन महिनामा के–के कुरा खान हुन्न ?

आयुर्बेदका अनुसार साउन महिनामा के–के कुरा खान हुन्न ?


साउन महिना मनसुनको समय भएकाले यस महिनामा वायुमण्डलको आर्द्रताका कारण धेरै किसिमका ब्याक्टेरिया र भाइरसको उत्पत्ति हुने गर्छ । 

यस्तो अवस्थामा खानपानमा गरिएको कुनै पनि प्रकारको लापरवाहीले तपाईको पाचन प्रणालीमा समस्या ल्याउन सक्छ । आयुर्वेदका अनुसार साउन महिनामा कुन कुन कुराहरु खाँदा बिशेष ध्यान पुर्याउनुपर्छ,  पढ्नुहोस् ।

१. पात भएका सागसब्जी

पौष्टिकता र स्वास्थ्यको दृष्टिले हरियो पात भएका तरकारी, साग निकै लाभदायक मानिने भएता पनि साउन महिनामा यी कुराहरु खानु हुदैन । यसको मुख्य कारण यी पातहरूमा ब्याक्टेरिया वा भाइरसको जोखिम झरीको मौसममा बढि हुने भएर हो । वर्षाको समयमा यस्ता साग वा तरकारीको सेवनले पित्तको रसको अत्यधिक स्राव पनि हुन सक्छ, जसले गर्दा पेटमा धेरै समस्या हुने खतरा हुन्छ ।

२. दूध

सामान्यतया दुध स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । तर साउन महिनामा यसको सेवन संयमित मात्रामा गर्नुपर्छ । दूध झरीको मौसममा दूध पिउँदा शरीरमा पित्तको मात्रा बढ्न सक्ने विज्ञहरू बताउँछन् । दूधको सट्टा दूधबाट बनेका दही, लस्सी आदि खानेकुराहरु खान सकिन्छ । यो मौसम पाचन प्रणाली कमजोर हुने भएकाले दूध खादा सावधानी अपनाउनु निकै जरुरी मानिन्छ ।

३. माछा वा मासु

धार्मिक र वैज्ञानिक दुवै आधारमा साउन महिनामा माछा वा मासु लगायत कुनै पनि मांसाहारी खानाहरुबाट टाढा रहनुपर्छ । वर्षायाम कीटाणु प्रजननका लागि उपयुक्त हुने भएकाले माछा मासुजन्य कुनै पनि किसिमको खानाले मानिसलाई संक्रमण बनाउन सक्छ । माछा मासुको अस्वच्छ खान्की र खपतले मानव स्वास्थ्यमा विभिन्न प्रकारका रोगहरु निम्त्याउन सक्छ ।

४. भेन्टा

मनसुनमा भेन्टा(बैंगन)को तरकारी नखान आयुर्वेदका विशेषज्ञहरु सल्लाह दिइन्छ । यो मौसममा भेन्टा तरकारीमा कीरा लाग्ने सम्भावना बढी हुन्छ । यसै कारण भेन्टा तरकारीमा किरा लाग्ने र यस्तो तरकारीको सेवनले मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने र पाचन प्रणालीमा पनि समस्या हुने खतरा धेरै गुणा बढ्छ ।
 

Logo