सरकारले सवारीसाधन आयातमा थप कडाई गरेको छ । १५० सीसी सम्मका मोटरसाइकल समेत आयात गर्न नपाइने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयात प्रतिबन्धलाई थप कडाई गर्दै १५० सीसी माथिका मोटरसाइकल आयातमा प्रतिबन्ध लगाएको हो ।
मन्त्रालयले राजपत्रमा एक सूचना प्रकाशित गर्दै आगामी भदौ १४ गतेसम्मको लागि प्रतिबन्ध लगाएको हो । बैशाख १४ गतेदेखि लगाइएको प्रतिबन्ध असार मसान्तसम्म तोकिएको थियो ।
यस अघि ठूला गाडी आयातमा रोक लागाइएपनि २५० सीसीसम्मका मोटरसाइकल आयात गर्न दिइएको थियो ।
यो पटक भने १५० सीसी माथिका सबै मोटरसाइकल तथा स्कुटर आयातमा प्रतिबन्ध लगाइएको सूचनामा उल्लेख छ । त्यसैगरी जिप, कार, भ्यान लगायतका सवारी साधन आयातमा लगाइएको प्रतिबन्धलाई समेत निरन्तरता दिइएको छ ।
अटोमोबाइल व्यवसायीहरुले प्रतिबन्ध हट्ने आशा गरेका थिए । उनीहरुले यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य विभिन्न सरोकारवाला पक्षसँग यसका वारेमा माग गर्दै आएका थिए ।
प्रतिक्रिया