तपाईको दिन शुभ रहोस्, हेर्नुहोस् आजको राशिफल

तपाईको दिन शुभ रहोस्, हेर्नुहोस् आजको राशिफल


आजको पात्रो : ५ साउन २०७९, विहीबार, जुलाई महिनाको २१ तारिक २०२२ । श्रावणकृष्णपक्ष अष्टमी,कौलव करण, अश्विनी नक्षत्र, धृति योग, चन्द्रमा मेष राशिमा रहेको छ । आज विहान सूर्योदय ५ः२० मा हुनेछ भने सस्र्यास्त७ः०० बजे हुनेछ । विहान ११ः४३ देखि १२ः३७ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा आज तपाईले कुनै पनि नयाँ र शुरुवाती काम गर्न खोज्नु भएको छ भने शुभ समय हो । दिउसो १ः५३ देखि ३ः३५ सम्मको समय राहुकाल रहेको छ । यो समयमा शुभकार्य बर्जित छ । आजको देवता जल र ग्रहदेव राहु रहेको छ । त्यसैले आजको दिन बर्षा हुनेछ । आज गोरखकाली पूजा पनि हो । सैन्य विभागका लागि अष्टमी महत्वपूर्ण दिन हो । आजको दिन बाहन खरिद, त्यसको मर्मत संहारका लागि शुभ दिन हो । कुनै नयाँ शैक्षिक र लेखनको कामको लागि आजको दिन शुरुवात गर्दा शुभ हुनेछ । हरेक दिनको शुभ र अशुभ समय हुन्छ । हामीले कुर्न नयाँ र राम्रो कामको शुरुवात शुभ समयमा गर्दा सफलता प्राप्त गर्न सकिन्छ ।

आजको राशिफल :

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

सामाजिक सेवाको कामबाट तपाईलाई आज मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्चब्यक्तिबाट प्राप्त हुने छ । आजको दिन तपाईको मनमा खुसी छाउने छ । नयाँ काम गर्न मन लाग्नेछ । नयाँ मित्रमण्डलीसँग भेट हुनेछ । परिवारका सदस्यबाट तपाईलाई साथ सहयोग हुनेछ । चन्द्रमाको साथ छ । विहान सूर्योदयको दर्शन गरेर दिनको यात्रा शुरुवात गर्नुहोला ।   

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

तपाईलाई आज आकस्मिक धनलाभ हुनेछ । व्यापार ब्यबसायबाट सोचभन्दा बढी आर्थिकलाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । शिवालय यात्राले मन हर्षित हुनेछ । 

 मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

धनलाभ र नयाँ नयाँ खबरले तपाईको मनमा खुसियाली छाउने छ । घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । कसैलाई पनि वचन नलगाउनुहोला ।

 कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशिका जातकहरुको लागि तपाईले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । अध्ययन अध्यापनमा मन लगाउनु होला । तपाईको सोच अनुसारका काम नहुँदा नकारात्मक धारणा आउनसक्छ । त्यसैले आजको दिन मौन रहनु, नियमित काम बाहेक अन्य काममा त्यति धेरै ध्यान नदिनुहोला ।  

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशिका जातकले विहीबारको विहान अवस्य सूर्योदयको दर्शन गर्नुहोला । तपाईलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । अध्ययनमा रुचि छ भने नयाँ पुस्तक अध्ययनको थालनी तपाईको लागि शुभ हुनसक्छ । विहीबारको दिन व्रत गर्नु शुभ हुनेछ ।

 कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

तपाईको लागि यात्रा गर्नुपर्ने हुनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । स्त्रीजातिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।

 तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

मानसिक असन्तोष र तपाईले सोच अनुसारको काम नहुँदा मनमा चिन्ता थप हुनसक्छ । त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । आजको दिन गणेशको मन्दिरको दर्शन गरेर काम शुरु गर्दा शुभ हुन्छ ।

 वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

विहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । तपाईको कामबाट सफलता प्राप्त हुनेछ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा होसियारी, धैर्य आवश्यक छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन  समयमा काम हुनेछ । आर्थिक बृद्धि हुनेछ । आजको दिन मित्रमण्डलीबाट सहयोग हुनसक्नेछ । देवालय र शिवालयको दर्शन गर्नु जानुहोला । आजको दिन अध्ययन अध्यापनको काममा ध्यान दिनु होला । कसैलाई पनि धन दिनु भन्दा पहिले एकपटक सोच विचार गरेर मात्र दिनुहोला ।   

 मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आजको दिन तपाईल सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ ।  धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । मनमा निकै हर्ष छाइरहने छ  विहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ । शिवालयको यात्रा अवस्य गर्नुहोला ।    

 कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

मनमा अति प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला ।सामाजिक काममा मन जानेछ । तपाईले गरेको कार्यको परिवारका सदस्य समेत खुसी हुनेछन् । कसैलाई पनि मन दुखाउने काम नगर्नुहोला ।  

 मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

विहीबारका दिन मीन राशिमा जातकले विहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम हुनेछ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने मीन राशि भएका ब्यक्तिले आजको दिन कुनै नयाँ पुस्तक पठन र लेखनका काम गर्नसक्नुहुन्छ । विद्यार्थी बर्गको लागि विहीबारको दिन कुनै काम शुरु गर्दा सफलता प्राप्त हुनेछ । कुनै विद्धान सहकर्मीसँग भेट गर्नुहोला ।   

Logo