झापाका तीन किशोरीले गरे सामूहिक आत्महत्या

झापाका तीन किशोरीले गरे सामूहिक आत्महत्या


झापाका तीन किशोरीले सामूहिक आत्महत्या गरेका छन्।

झापाको कचनकवल गाउँपालिका स्थित वयरको रुखमा तीन जना किशोरी एउटै रुखमा झुन्डिको अवस्थामा फेला परेका हुन । 

सुनकोशी चिया बगानमा कार्यरत ३ किशोरी झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाकाले जानकारी दिए । 

सामूहिक आत्महत्या गर्नेहरूमा पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरबल गणेशकी छोरी १६ वर्षीया कल्पना मृत अवस्थामा भेटिएका हुन् ।

गाई बाँध्ने दाम्लो, प्लाष्टिकको डोरी र गम्छा प्रयोग गरेर ती किशोरीले आत्महत्या गरेका प्रहरीले जनाएको छ।

Logo