भक्तपुरमा रुखले बस र स्कुटर च्याप्दा ३ जनाको मृत्यु

भक्तपुरमा रुखले बस र स्कुटर च्याप्दा ३ जनाको मृत्यु


भक्तपुरमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा तीनको मृत्यु भएको छ । आइतबार भक्तपुरको भक्तपुर नगरपालिका–१ सल्लाघारीमा काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई च्याप्दा तीनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार उक्त दुर्घटनामा अन्य १५ जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा एक जना नितेज खर्बुजा रहेका छन्, भने बाँकी दुई जनाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको भक्तपुरस्थित इवामुरा अस्पताल र भक्तपर अन्तर्राष्ट्रिय अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ । अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको र सल्लाको ठूलो रुख ढलेकाले हटाउन केही समय लाग्ने बताइएको छ ।

Logo