‘छक्का पञ्जा ४’को छायांकन सुरु (भिडियोसहित)

‘छक्का पञ्जा ४’को छायांकन सुरु (भिडियोसहित)


आमा सरस्वती मुभिज प्रालिको प्रस्तुतीमा दिपक दिपाको चलचित्र  ‘छक्का पञ्जा ४’ आउने भएको छ । सोमबार भक्तपुरको सूर्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै चलचित्रको नाम  ‘छक्का पञ्जा ४’ घोषणा गरिएको  हो ।

शुभमुहूर्तमा चलचित्रको छायाकन सुरु गरिएको छ ।  छक्का पञ्जाकै सिक्वल ४ ल्याउन लागिएको हो । फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्य लगायतको अभिनय रहनेछ । पहिला यो फिल्मको नाम  ‘माग्ने बुढो राजा ’ राख्ने कुरा भए पनि अन्तिममा छक्का पञ्जा ४ नै राखेको बताइएको छ ।  अहिले चलचित्रको क्षेत्रमा प्रतिस्पर्धा एकदमै बढेको भन्दै नाम परिवर्तन गरेर फिल्म ल्याउने हिम्मत गर्न नसकेको भनाइ छ । 

३ सिक्वलसम्म दिपाश्री निरौलाको निर्देशनमा बनेको फिल्म सिक्वल ४ मा भने हेमराज विसीको निर्देशनमा बन्ने भएको छ । केदार प्रसाद घिमिरे माग्ने बुढो र निर्मल शर्मा (गैंडा) कार्यकारी निर्मातामा रहेका छन भने छायांकन नरेन्द्र मैनालीले गर्ने छन । 
छक्का पञ्जाका कलाकारहरु छक्का पञ्जा ४ सम्म आईपुग्दा कोही परिवर्तन भएका छन त कोही नयाँ थपिएका छन । चलचित्रलाई यहाँसम्म ल्याउन मुख्य भुमिका निर्वाह गर्ने जितु नेपाल (मुन्द्रे) लाई यो नयाँ सिक्वलमा राखिएको छैन भने अभिनेत्रि  बेनिशा हमाल, मलिना जोशी, अभिनेता राज आचार्य लगायतका केही नयाँ अनुहार पनि देखिनेछ ।


 

Logo