…जसले भेट्टाएको ४५ लाख प्रहरीमा बुझाए

…जसले भेट्टाएको ४५ लाख प्रहरीमा बुझाए


तपाईले सडकमा हिड्दा पक्कै पनि ५ देखि १० रुपैयाँ भेट्टाएको हुनुपर्छ ।

कहिलेकाही सय वा ५ सयको नोट पनि भेट्टाउनु भएको होला । बाटो, पार्क आदिमा भेटिएको पैसालाई मानिसहरुले आफ्नो भाग्यको फल मानेर खल्तीमा राख्छन् । कतिपयले यस्ता पैसा गरिबमा बाँड्छन् वा मन्दिरको दान पेटीमा राख्छन् । तर यदि ४५ लाख रुपैयाँ सडकमा भेट्नु भयो भने के गर्नुहुन्छ ?
भारत स्थित रायपुर प्रहरी ट्राफिक हवल्दार निलाम्बर सिन्हाले ड्युटीमा जाँदा सडकमा ४५ लाख रुपैयाँको नोट सहितको एउटा झोला फेला पारे जुन उनले प्रहरी चौकीमा बुझाए ।
यो महंगाइको युगमा यति धेरै रकम देखेर जो कोहिको मन परिवर्तन हुनुपर्छ । तर ट्राफिक प्रहरी जवानले यो संसारमा इमानदारी अझै जीवित रहेको बताए । यही कारणले सामाजिक सञ्जालमा आइएएस र आइपिएसदेखि सर्वसाधारणसम्म उनको इमानदारीलाई सलाम गरिरहेका छन् ।

यस्तो छ, नालीबेली

प्रहरी जवान निलाम्बर सिन्हा बिहान ७ बजे विमानस्थल नजिकै ड्युटीमा गएका थिए । ९ बजे ट्राफिक खुलेपछि उनी बिहानको खाजा खान विमानस्थलबाट क्याम्प जाँदै थिए । यसैबीच, राई पब्लिक स्कुल अगाडिको सडकमा एउटा सेतो झोला फेला परेको यात्रुले बताए । त्यहाँ पुग्दा एकजना अटो चलाउने झोला खोल्न खोजिरहेका थिए । तर उनलाई देख्नेबित्तिकै ती अटोवाला भागे ।

प्रहरी जवानले झोला खोल्दा दुई हजार र पाँच सयका नोटका बन्डल थिए । यो रकम देखेर उनी छक्क परे र तत्काल एसपी रायपुरलाई खबर गरे । उनको निर्देशनमा हवल्दारले झोला प्रहरी कन्ट्रोल रुममा जम्मा गरे । चेकजाँच गर्दा झोलामा ४५ लाख रुपैयाँ रहेको पाइएको थियो ।
 

Logo