प्रेम कैद हैन स्वतन्त्रता हो : साईग्रेस

प्रेम कैद हैन स्वतन्त्रता हो : साईग्रेस


प्रेमलाई स्वतन्त्र छोड्नु पर्छ र प्रेमिलाई स्वतन्त्रता दिनुपर्छ ।

नेपाली कथाकार तथा भिडियो निर्माता साईग्रेस पोखरेले सामाजिक सञ्जालमा प्रेमको बारेमा लेखेर एक तस्विर पोस्ट गरेका छन् । उनले इन्स्टाग्राममा तस्विर राख्दै प्रेमिलाई चराको संज्ञा दिएका छन । उनका अनुसार पिंजडामा थुनिराखेको चरालाई साँचो प्रेम दिए खुल्ला आकाशमा छाडे पनि फर्किएर आउने बताएका छन् । हामीले आफुलाई मनपरेको केहि सामान या केहि व्यक्तिलाई आफ्नो वरिपरि राख्न पिंजडामा चरा थुने जसरी राख्छौं, जुन गलत भएको उनको तर्क छ । उनले प्रेमको वास्तविक तागत प्रेमिहरुबीचको स्वतन्त्रतामा देखिने बताएका छन् । 
त्यसैले प्रेम कैद हैन स्वतन्त्र भएको लेखेका छन् ।

 

इन्स्टामा उनले लेखे , ‘ चराको माया लाग्छ भन्दै पिँजडामा थुन्नु प्रेम हाईन , खुल्ला उड्न दिनु चाही प्रेम हो । उड्न दिदादिदै पनि चरा फर्केर आउँछ , त्यो तपाईको प्रेमको तागत हो । त्यसैले प्रेम कैद होईन , स्वतन्त्रता हो । ’
साईग्रेस हाल स्पेनको बार्सीलोनामा छन् ।
 

Logo