टीभीएसको नयाँ शोरुम ‘नमोबुद्ध अटो पार्ट्स सञ्चालनमा आएको छ । नेपाल टीभीएसको दुई पाङग्रे सवारी साधनको एक मात्र वितरक जगदम्बा मोटर्सले काभ्रेको नमोबुद्ध -७ भकुण्डेबेसीमा पूर्ण सुविधासहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।
ग्राहकहरुलाई टीभीएस मोटरसाइकल तथा स्कूटरको बिक्री,सेवा र स्पेयर पार्ट्स सहजरुपमा उपलब्ध गराउने उद्देश्यले नयाँ शोरुम सञ्चालनमा ल्याइएको जगदम्बा पार्ट्सका उपाध्यक्ष दीपक रौनियारले बताए ।
उनले भने,‘टीभिएसमा ग्राहकहरुलाई अझ राम्रो सेवा प्रदान गर्न हामी सधैं प्रयासरत छौं । ग्राहकहरुलाई थप प्रधावकारी र छिटोछरितो रुपमा सेवा दिन नयाँ सुविधाहरु थपिएको हो ।’
बजारप्रकाशित: ११ साउन २०७९ १९:२३ बुधबार