किन आयो ‘कमेडी हब’ फेरि विवादमा ?

किन आयो ‘कमेडी हब’ फेरि विवादमा ?


केदार घिमिरे ‘माग्नेबुढा’ निर्देशित टेलिभिजन शो ‘कमेडी हब’ फेरी नयाँ विवादमा तानिएको छ । ‘कमेडी हब’ यो पहिलो पटक विवादमा आएको भने होईन ।  केही हप्ता अगाडी मात्र कलाकार दीपेन्द्र प्रसाईंले यमराजको भूमिकामा अभिनय गरेपछि उनलाई आफू कार्यरत कलेजले जागिरबाट निकालेको थियो । उनी अहिले उजुरी लिएर श्रम कार्यालय धाईरहेका छन् ।

किन आयो ‘कमेडी हब’फेरी विवादमा ?

बिवादमा आउने कारण हो कमेडी हबको १० औं भागको ट्रेलर । गएराती १० औं भागको ट्रेलरमा भगवान् शिवजीलाई युवतीसँग मस्किएको, टिकटक बनाउन केही रोमान्टिक बनेको दृश्य समावेश गरिएको थियो । यस्तो ट्रेलर सार्वजनिक हुने बित्तिकै देखि सामाजिक सञ्जालमा आलोचनाको बर्षात गर्ने प्रतिस्पर्धा नै चलेको थियो ।

भगवान् शिवजीलाई मजाकको पात्र बनाइएकोमा हिन्दू आस्थामाथि प्रहार गरेको दाबी दर्शकहरुको छ । 
यसै बिषयलाई लिएर पपगायक सञ्जय श्रेष्ठले उक्त श्रृंखलाको प्रसारण रोक्न माग गरेका छन् । उनी लेख्छन्, ‘हामी सनातन धर्म मान्नेहरुका आराध्यदेव भगवान् शिवलाई मजाकको पात्र बनाइएको यो कमेडीको शृंखला प्रसारण नगरियोस् र तत्काल यस कार्यक्रमका सम्बन्धितहरुले यो धृष्टताको लागि सार्वजनिक रुपमा माफी मागोस् । अन्यथा हामी सनातन धर्म मान्नेहरु चुप लागेर बस्ने छैनौं । यो सरासर हाम्रो आस्थामाथिको प्रहार हो । सञ्चार मन्त्रालय, गृह मन्त्रालय तथा संस्कृति मन्त्रालयले पनि यो धार्मिक आस्था माथिको प्रहारको लागि छानबिन गरोस् र गल्ती गर्नेहरुलाई सजाय देओस् ।’ उनले शिवसेना र विश्व हिन्दू परिषद्को ध्यानाकर्षण पनि गराएका छन् ।

आफू निर्देशित टीभी शो ‘कमेडी हब’को ट्रेलरलाई लिएर विवाद  उत्कर्षमा पुगेपछि केदार घिमिरे ‘माग्ने बुढा’ले माफी मागेका छन् । उनले आफूहरुबाट गल्ती भएको स्वीकार्दै दर्शक र शुभचिन्तकको सल्लाह बमोजिम ट्रेलरमा समावेश उक्त दृश्यलाई युट्युब, टिकटक र फेसबुक सबैतिरबाट हटाएको जनाए । 

सामाजिक सञ्जालमा हिन्दूहरुको आस्थामाथि उक्त दृश्यले प्रहार गरेको भन्दै विरोध भए पछि अहिले युट्युबबाट उक्त दृश्य हटाइएको छ । अहिले यसलाई ‘कमेडी हब’ले   पुन सम्पादन गरेर युट्युबमा अपलोड गरिसकेको छ ।

Logo