1
0
Shares

अनरको नयाँ स्मार्ट फोन नेपाली बजारमा

1
1
1

काठमाडौं । नेपाली बजारमा नयाँ स्मार्ट फोन भित्रिएको छ । दिनप्रतिदिन नयाँ नयाँ किसिमका स्मार्ट फोनले बजार धानिरहेको बेला अनरको बजेट स्मार्ट फोन नेपाली बजारमा भित्रिएको हो ।

नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजी प्रालिले एक महिना अगाडि बजेट सेग्मेण्टको अनर एट ए लञ्च गरे लगत्तै त्यही सेगमेण्टमा अनर एट एस नेपाली बजारमा भित्र्याएको हो ।

मध्यमवर्गका उपभोक्तालाई लक्षित गरी बजारमा ल्याईएको यो फोनको उपभोक्ता मुल्य १२ हजार पाँच सय रुपैयाँ तोकिएको छ । उक्त फोन नेपाली बजारमा निलो र कालो रंगमा उपलब्ध हुनेछ ।

प्रकाशित: ३ साउन २०७६ १४:५२ शुक्रबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी