चीनले अनलाइन अभिवादन गर्न प्रतिबन्ध लगायो

चीनले अनलाइन अभिवादन गर्न प्रतिबन्ध लगायो


चीनले अहिले तिब्बतीमाथि नयाँ प्रकारको प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध अनलाइन अभिवादनका लागि लगाइएको छ। तिब्बतमा लडिरहेका तिब्बतीहरूको समूहले यसमा आपत्ति मात्र गरेको छैन, निर्वासनमा रहेको तिब्बती सरकारसँग पनि यस विषयमा छलफल गरेको छ ।

तिब्बतीहरूका अनुसार चिनियाँ सरकारले यो नियम नमान्नेलाई कडा कारबाही गर्ने निर्णय गरेको छ। जसमा व्यक्तिलाई हिरासतमा लिनुका साथै कडा कानुनी कारबाही गरिने छ ।

निर्वासित तिब्बती समुदायका अनुसार चिनियाँ प्रशासनले तिब्बती क्षेत्रमा बसोबास गर्ने तिब्बतीहरूलाई उनीहरूले निर्वासित धर्मगुरुको जन्मदिनमा अनलाइन अभिवादन पठाउन नपाउने चेतावनी दिएको छ। चिनियाँ प्रशासनले यसरी तिब्बतका जनताको आवाज दबाउन मात्र नभई आफ्ना धर्मगुरुको सम्मानमा पनि अवरोध सिर्जना गरिरहेको निर्वासनमा रहेका तिब्बती समुदायका मानिसहरूको भनाइ छ ।
 

Logo