1
1
Kendrabindu - News & Articles from Nepal
1
1
1

0 Shares

मकवानपुरमा ४ वटा तुइन विस्थापन, ६९ झोलुंगेपुल निर्माण

1
1
1
1
1
1
1
1

हेटौंडा,
मकवानपुरमा पछिल्ला वर्षमा ६९ वटा झोलुंगेपुल निर्माण भएका छन् । सरकारले जोखिमपूर्णरुपले खोला तर्नुपर्ने बाध्यता हटाउन २०७२ मा देशभरका तुइन खोजी गर्ने र त्यस ठाउँमा झोलुंगेपुल निर्माण गर्ने घोषणा गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुरु गरेको तुइन विस्थापन कार्यक्रम अन्तर्गत मकवानपुरमा ६९ स्थानमा पुल निर्माण सम्पन्न भएका हुन् । २०७२ मा देशभरमा कुन/कुन स्थानमा तुइन मार्फत् स्थानीयवासी जोखिमपूर्णरुपमा खोला तरिरहेका छन् भन्ने खोजी भएको थियो । त्यसपछिका वर्षमा मकवानपुरमा झोलुंगेपुल निर्माणका लागि बजेट विनियोजन गरिएको हो । मकवानपुरमा ६९ वटा पुल निर्माण गरिएकोमध्ये ३९ वटा झोलुंगेपुल राडो नेपालले निर्माण गरेको छ ।

साउन १५ गतेसम्म निर्माण हुने झोलुंगेपुल ३ वटा छन् । जसमा कैलाश गाउँपालिका–५ को गोगने, चेपाखर्क, गोलढुंगामा निर्माण जारी छ । चालु आर्थिक वर्षमा निर्माण हुने पुल १६ वटा रहेको राडो नेपालका इञ्जिनियर चन्द्र योञ्जनले जानकारी दिनुभयो । जसमा कुल लागत ६ करोड ८८ लाख ८१ हजार छ । हालसम्म भीमफेदी–१ मा झोलुंगेपुल निर्माण, गढी गाउँपालिको सुकौरामा एक, निबुवाटारमा एक र शिखरपुरमा एक गरी ४ वटा तुइन विस्थापन भएका छन् ।
नेपाल समाचारपत्रबाट

प्रकाशित: ६ साउन २०७६ ०७:२८ सोमबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी