संसारकै सबैभन्दा महंगो फोहोर फाल्ने झोला, मुल्य २ लाख

संसारकै सबैभन्दा महंगो फोहोर फाल्ने झोला, मुल्य २ लाख


सामाजिक सञ्जालमा फेरि एकपटक लक्जरी फेसन हाउस ‘बालेन्सियागा’ आफ्नो नयाँ उत्पादित साम्रगी र मुल्यका कारण सामाजिक सञ्जालमा चर्चाको बिषय बनेको छ । 
‘ट्र्यास पाउच’ नाम दिईएको सो झोलाको तस्विरले हाल इन्टरनेटमा हलचल मच्चाइरहेको छ । यो झोला बालेन्सियागाको फाल २०२२ स्थित रेडी–टु–वेयर’मा प्रदर्शन गरिएको थियो । यो झोला लिएर मोडलले ¥याम्पमा क्याटवाक पनि गरेकी थिइन् । अनौठो डिजाइनको फोहोर फाल्ने यो झोलाको मुल्य १७ सय ९० डलर अर्थात नेपाली २ लाख २८ हजार नेपाली रुपैया राखिएको छ । 

फोहोर फाल्ने ट्र्यास पाउच निलो, पहेँलो, कालो र सेतो रंगमा ल्याएको जानकारी डाइरेक्टर डेम्ना ग्वासालियाले दिएकी छिन् । उनका अनुसार यो झोला ‘क्याल्फस्किन लेदर’बाट बनेको छ । झोलाको बारेमा भन्दै बालेन्सियागाका क्रिएटिभ डाइरेक्टर डेम्ना ग्वासालियाले मिडियालाई भनिन्, “मैले संसारको सबैभन्दा महँगो ट्र्यास ब्याग बनाउने मौका गुमाउन चाहिन, किनभने फेसन स्क्यान्डल कसलाई मन पर्दैन र?’

ग्यासालियाको विचार भिन्न र आश्चर्यलाग्दो भएकाले सामाजिक सञ्जालका मानिसहरु फोहोर फाल्ने यो झोलाको मूल्यलाई लिएर बिभिन्न प्रकारको ट्रोल बनाईरहेका छन् । कसैले यो झोलालाई बेकार भनेका छन् भने कोहि यो संसारमा के भईरहेको छ भनि अचम्मित भइरहेका छन् ।  

Logo