किन प्रयोग गर्छन डाक्टरले सेतो र वकिलले कालो रंगको कोट ?

किन प्रयोग गर्छन डाक्टरले सेतो र वकिलले कालो रंगको कोट ?


मानिसहरुले जुनसुकै पेशा अंगाले पनि उनीहरुको पेशालाई प्रतिनिधित्व गर्ने छुट्टाछुटै पोसाक तोकिएको हुन्छ । 

उदाहरणका लागी हामी प्रहरीलाई उसको वर्दीबाट चिन्न सक्छौं । त्यसैगरी वकिललाई उसको कालो कोट र डाक्टरलाई उसको सेतो कोटबाट चिन्न सकिन्छ । वकिलले कालो र डाक्टरले सेतो लुगा किन लगाउँछन् भनेर तपाईंले कहिल्यै याद गर्नुभएको छ ? यदि छैन भने आज हामी तपाईलाई बताउने छौँ, यस पछाडिको रहस्य के हो ?

सेतो रंगलाई सरसफाइको प्रतीक मानिने भएकाले डाक्टरहरूले सेतो कोट लगाउँछन । यस बाहेक यो रंगले इमानदारी, शुद्धता र दिव्यताको प्रतिक पनि मानिन्छ । यी सबै कुरा डाक्टर पेशामा लागेका मानिसहरुका लागि धेरै आवश्यक पनि पर्छ । किनकी उनीहरुको कार्य विश्वासमा आधारित हुन्छ ।  

डाक्टरले सेतो पोसाक लगाउनुको महत्व

१. चिकित्सा पेसामा सरसफाईलाई धेरै महत्व दिइन्छ । नर्सहरूले पनि सेतो कोट लगाउने गर्छन् किनभने यदि तिनीहरूको कपडामा अलिकति पनि फोहोर पर्यो भने त्यो सजिलै देखिन्छ ।
२. सेतो कोटको कारण डाक्टरहरूलाई भीडमा सजिलै चिन्न सकिन्छ । सजिलै चिन्न सकिने भएकाले आपतकालीन समयमा उनीहरुको पोसाकको रंग धेरै प्रभावकारी साबित हुन्छ ।
३. सेतो रंगको कपडामा सूर्यको किरणको असर कम पर्ने भएकाले सेतो रंगको कोटका कारण शरीरको तापक्रम पनि सामान्य रहन्छ ।
४. सेतो पोसाक लगाउनाले दिमाग शान्त रहन्छ । डाक्टरहरूको कामको सन्दर्भमा उनीहरूको दिमाग सधैं शान्त रहनुपर्छ भन्ने विशेषज्ञहरू बताउछन । 
वकिलहरूले कालो कोट लगाउनुको मुख्य कारण 

वकिल र न्यायाधीशहरूले कालो कोट लगाउनुको मुख्य कारण भनेको कालो रङ यस्तो रङ हो जसमा अन्य रङ चढ्न सक्दैन । यसको अर्थ न्यायाधीशहरूले दिएको निर्णयलाई अन्तिम निर्णय मानिन्छ । 
अर्कोतर्फ, वकिलहरूको लागि, कालो रंगको कोटले उनीहरुले कानूनी प्रक्रियाको व्याख्या गर्दा विवेक र धैर्यता प्रयोग गर्नुपर्छ र न्यायपूर्ण निर्णयका लागि काम गर्नुपर्छ, ताकि कसैलाई अन्याय गर्न नपरोस् । भन्ने मान्यता राख्छन ।
कालो रंगले आफैमा रहस्यको संकेत गर्दछ । वकिलहरुले बिभिन्न मुद्धामा रहस्यको खोजी गरी प्रश्तुत गर्ने भएकाले वकिलहरुले यो रंगको प्रयोग गर्दछन ।

Logo