1
1
Kendrabindu - News & Articles from Nepal
1
1
1

0 Shares

“सुपर डान्सर नेपाल”रियालिटी शोको प्रायोजन डिशहोम फाईवरनेटने गर्ने

1
1
1
1
1
1
1
1

आगामी सातादेखी हुने “सुपर डान्सर नेपाल” रियालिटी शोको प्रायोजन डिशहोम फाईवरनेटले गर्ने भएको छ । कान्तिपुर टेलिभिजनमा प्रशारण हुने यस रियालिटी शोको ईन्टरनेट पार्टनर पनि डिशहोम फाईवरनेट नै रहेको छ । भारतीय रियालिटि शोको फ्रेन्चाईज प्रोडक्ट “सुपर डान्सर” भारतमा समेत अहिलेसम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रुचाइएको बालबालिका र परिवार लक्षित टि.भि. रियालिटि शो हो ।

चार देखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिस्पर्धा हुने यो रियालिटी शो “सुपर डान्सर नेपाल” को निर्णयकमा भुवन केसी, अभिनेत्री जसिता गुरुङ र ख्याती प्राप्त कोरियोग्राफर सुरेन्द्र राई रहने छन् ।

नेपाल विभिन्न शहरहरु काठमाडौं, पोखरा, इटहरी, हेटौंडा, बुटवल, र नेपालगञ्ज लगायतमा फिजिकल अडिसन सम्पन्न भई सकेको र नेपाल बाहिरका नेपालीभाषी भएको ठाउँहरुको प्रतिभा समेत सहभागी गराउने उदेश्यका साथ डिजिटल अडिसन समेत गरिएको थियो ।

कार्यक्रमको होस्टमा अभिनेता विल्सन बिक्रम राई र नृत्याङ्गना कबिता नेपाली रहने छन् । हरेक हप्ता विहिबार र शुक्रबार प्रशारण हुने “सुपर डान्सर नेपाल” कान्तिपुर टिभी एचडीमा श्रावण २६ गते राती ९ बजेदेखी प्रसारणमा आउँदैछ । 
 

कला

प्रकाशित: २४ साउन २०७९ १८:२३ मंगलबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी