नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ भयो : दाहाल

नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ भयो : दाहाल


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ भएको बताएका छन् ।

जापान भ्रमण सकेर  बुधबार स्वदेश फर्किएका दाहालले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुनमा ढिलाइ भएको बताएका हुन् ।

नागरिकता संशोधन विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएकोमा हालसम्म  पनि  प्रमाणीकरण भएको छैन ।

Logo