चीनका विभिन्न भागमा लकडाउन

चीनका विभिन्न भागमा लकडाउन


कोभिड संक्रमण बढेपछि चीनका विभिन्न सहरमा लकडाउन घोषणा गरिएको छ । देशको पूर्वदेखि पश्चिमका विभिन्न भागमा प्रतिबन्ध र लकडाउन गरिएका हुन् ।

प्रभावित क्षेत्रमा मानिसको आवतजावतलाई कम गरिनुका साथै मानिसहरूको अनावश्यक आवागमन न्यून गरिएको छ । 
पूर्वी निर्यात र उत्पादन केन्द्र यिउले बिहीबार तीन दिनको  ‘मौन व्यवस्थापन’ मा प्रवेश गरेको जनाएको छ । अधिकांश बासिन्दालाई तोकिएको क्षेत्र छोड्न प्रतिबन्ध लगाइएको छ र केहीलाई उनीहरूको घरहरूमा सीमित गरिएको छ ।
 

Logo