यस्तो देश जहाँ पुरुषले दुई विवाह नगरे जन्मकैद

यस्तो देश जहाँ पुरुषले दुई विवाह नगरे जन्मकैद


संसारभर विवाह सम्वन्धि थुप्रै परम्परा र संस्कृती छन् । 

परम्परा र संस्कृती मात्रै होइन विवाहसम्वन्धी देश अनुसारका कानुन पनि छन् । नेपालमा पनि विवाह सम्वन्धि आफ्नै कानुन छ । नेपालमा दुईवटा विवाह अर्थात बहु विवाह गर्न नपाइने कानुन छ । तर एउटा देश यस्तो छ जहाँ अहिलेपनि पुरुषहरुले दुई विवाह गर्नैपर्ने कानून छ । 

कानूनी रुपमै पुरुषहरुलाई दुई विवाहको अनिवार्य व्यवस्था गरिएको छ । त्यहाँ दुई विवाह गर्न नमान्ने पुरुषलाई कानूनी कारवाही हुन्छ । अफ्रिका महादेशको इरिट्रिया नामक देशमा पुरुषहरुले दुई विवाह गर्नु अनिवार्य छ । दुई विवाह गर्न नमान्ने पुरुषहरुलाई सजायँ स्वरुप जन्मकैद समेतको सजायँ हुनसक्दछ ।

महिलाहरुले पनि पतिलाई दोश्रो विवाह गर्नबाट रोक्न पाउँदैनन् र त्यस्तो प्रयास गरेमा उनीहरुलाई पनि कारवाही हुन्छ । यस्तो अनौठो प्रथा कायम हुनुको खास कारण बताइएको छ । देशमा पुरुषको तुलनामा महिलाको संख्या धेरै भएकाले हरेक पुरुषलाई दुईवटा महिलासँग बिहे गर्न बाध्य पारिएको हो । 

सो देशमा लैंगिक अनुपातमा पुरुषको संख्या निकै कम छ । त्यसैलाई सन्तुलन गर्नका लागि दुई विवाहको कानून बनाइएको हो । त्यहाँका पुरुषले चाहुन् वा नचाहुन्, खुसी होउन् वा दुखी उनीहरुले दोश्रो विवाह गर्नैपर्दछ र दुईवटी पत्नीलाई सम्हाल्नै पर्दछ । 
एजेन्सी 

Logo