अब भित्री सडक निर्माणका लागि सांसदलाई बजेट विनियोजन हुन्नः डा.विश्वनाथ पौडेल

अब भित्री सडक निर्माणका लागि सांसदलाई बजेट विनियोजन हुन्नः डा.विश्वनाथ पौडेल


राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलले विकास निर्माणमा अबको भविष्य नगरपालिकाहरुको रहेको बताएका छन् । 

नेपाली काँग्रेसबाट प्रदेश १ का स्थानीय तहका जनप्रतिधिसँगको भेटघाट कार्यक्रममा बुधबार बोल्दै उपाध्यक्ष डा. पौडेलले यस्तो बताएका हुन् । उपाध्यक्ष पौडेलले संघीय सरकारले ठूलो आयोजनाहरु मात्रै प्राथमिकता गर्ने र साना परियोजनाहरु स्थानीय तहमा नै दिने योजना रहेको बताउँदै सांसदहरुले सानासाना भित्री सडक बनाउन माग गर्ने प्रावधान हट्ने जानकारी गराए । स्थानीय जनप्रतिनिधिले विपन्नलाई सहयोग गर्नुपर्ने सुझाव उनको थियो ।

पौडेलले नगरपालिका वा गाउँपालिका क्षेत्रभित्रका विपन्न समुदायलाई सहयोग गरे अर्को पटक चुनाव लड्न सजिलो हुने बताउँदै सकेसम्म सबै जनताको बीचमा जान आवश्यक रहेको बताए । 

पौडेलले स्थानीय तहले बजेट बनाउँदा विशेष बजेटमा ध्यान दिनुपर्ने बताए । उहाँले ठूला नगरपालिकाहरुले समेत विशेष बजेट अन्तर्गत सडक निर्माणको योजना राखेको भन्दै विशेष बजेटमा सडक निर्माणको योजना नपर्ने उल्लेख गरे । 

Logo