‘बिग बोस १६’ मा सलमानको पारिश्रमिक एक हजार करोड

‘बिग बोस १६’ मा सलमानको पारिश्रमिक एक हजार करोड


भारतीय टेलिभिजनको विवादास्पद रियालिटी शो ‘बिग बोस १६’ चाँडै नै नयाँ सिजनका साथ पुनरामगन गर्दैछ । नयाँ सिजनका लागि शोका होस्ट सलमान खानले अघिल्लो १५औं संस्करणको भन्दा तीन गुणा बढी पारिश्रमिक लिँदैछन् । यद्यपि निर्माताले यो कुराको हालसम्म आधिकारीक पुष्टि गर्न सकेका छैनन् ।

रिपोर्ट अनुसार यो सिजनका लागि सलमानले एक हजार करोड रुपैंयाँ पारिश्रमिक लिँदैछन् । यदि यो खबर सत्य हो भने सलमानले लिने यो पारिश्रमिक यो वर्ष सर्वाधिक कमाई गरेको फिल्म ‘केजीएफः च्याप्टर २’ को बजेट भन्दा पनि १० गुना बढी हुनेछ ।

यश स्टार फिल्म ‘केजीएफः च्याप्टर २’ करिब एक सय करोडको बजेटमा निर्माण भएको हो । यसले बक्स अफिसमा करिब एक हजार करोड रुपैंयाँको कमाई गरेको थियो । यही हिसाबले सलमान वर्षको ब्लकबस्टर फिल्मको बजेटभन्दा १० गुना बढी पारिश्रमिक लिने छन् ।

‘बिग बोस १६’ अक्टोबरको सुरुवातमा सिजन सुरु हुनेछ । केही दिनअघि मात्र यस सिजन सेटको फोटो सामाजिक सञ्जालमा लिक भएको थियो ।
 

Logo