1
1
1
1
1
0
Shares

लागुऔषधसहित तीन प्रहरी पक्राउ

1
1
1
1
1
1
1
1

लागुऔषध र पेस्तोलको गोलीसहित तीन प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय इटहरीमा दरबन्दी भई धरानमा कार्यरत प्रहरी जवान दीपककुमार तामाङ, जिल्ला अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाई फैसला कार्यान्वयन धनकुटामा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय इनरुवामा कार्यरत प्रहरी जवान सन्तोष तामाङ, सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर हेडक्वार्टर सुनसरीमा दरबन्दी भई सुरक्षा बेस सिराहाको गोलबजारमा कार्यरत सशस्त्र प्रहरी जवान जङ्गबहादुर श्रेष्ठ रहेका छन्।

उनीहरुलाई धरान–१६ मा रहेको धरान रङ्गशालाको प्याराफिटबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।  उनीसहित धरान–८ का ३४ वर्षीय दिलकुमार लिम्बू, ४० वर्षीय ओमबहादुर लिम्बूलाई पनि प्रहरीले पक्राउ गरिएको उनले बताए ।

उनीहरूमध्ये दिलकुमारले बोकेको बजारे झोला चेकजाँच गर्दा लागुऔषध स्पास्मोप्रोक्सिभन २ सय ६४ ट्याब्लेट र स्पास्मोट्रोक्सिभन १ सय ३६ क्याप्सुल भेटिएको छ ।

पक्राउ परेका पाँचै जनालाई लागूऔषध मुद्दामा सुनसरी जिल्ला अदालतबाट हिरासतमा राख्ने अनुमति लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रकाशित: ११ साउन २०७६ १५:४१ शनिबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी