बैंक अफ काठमाण्डू लिमिटेडद्वारा सहयोग हस्तान्तरण

बैंक अफ काठमाण्डू लिमिटेडद्वारा सहयोग हस्तान्तरण


काठमाडौं ।

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा आफ्नोे संस्थागत सामाजिक उत्तरदायीत्व अन्र्तगत रक्तदान कार्यक्रम सञ्चालन गरेको छ ।

प्रदेश नं. ५ अन्र्तगत नेपालगन्ज प्रादेशिक कार्यालयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणा, नेपाल राष्ट्र बैंक नेपालगन्जका प्रमुख मुक्ति सापकोटा तथा बैंकका संचालक समिति सदस्य गोबिन्दप्रसाद शर्माको बिशेष उपस्थितीमा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।

साथै, बैंकले सामाजिक उत्तरदायीत्व अन्र्तगत नेपालगन्जको फत्तेबाल आँखा अस्पताललाई पानी शुद्धिकरणको लागि वाटर डिस्पेन्सन उपकरण पनि हस्तान्तरण गरिएको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

Logo