इजिप्टमा सरकारले रुसद्वारा निर्मित खोप प्रयोगका लागि अनुमति 

इजिप्टमा सरकारले रुसद्वारा निर्मित खोप प्रयोगका लागि अनुमति 


इजिप्ट सरकारले रुसद्वारा निर्माण गरिएको कोभिड १९ विरुद्धको खोप स्पुपनिक भिको प्रयोगका लागि अनुमति दिएको छ ।

रुसको सो कम्पनीले उत्पादन गरेको स्पुतनिक भि खोप आकस्मिक प्रयोगका लागि अनुमति दिएको बताइएको छ । इजिप्टको औषधिसम्बन्धी निकायले यस खोपको आकस्मिक प्रयोगका लागि अनुमति दिएको अधिकारीहरुले जनाएका छन् । यहाँको औषधिसम्बन्धी निकायका प्रमुख सेन्ट्रल एड्मिनिस्ट्रेसन फर बायोलोजिकल एण्ड इनोभेटिभ प्रोडक्ट्स प्रमुख मोहमद यासिनले सो कुराको जानकारी दिएका हुन् । 

उनका अनुसार सो औषधि सम्बन्धी निकायले रुसले निर्माण गरेको खोपलाई इजिप्टमा आकस्मिक प्रयोगका लागि अनुमति दिइएको जानकारी दिए । उनले इजिप्ट सरकारले यसअघि नै सो खोपको प्रयोगका लागि इजिप्टको प्रयोगशालाबाट अनुमति दिइसकिएको जानकारी पनि दिए । यहाँका स्वास्थ्यकर्मीहरुलाई यो खोप लगाइएको र त्यसपछि अरु क्षेत्रका मानिसलाइ दिइने योजना बनाइएको छ । तर पछि यो खोप यहाँका सर्वसाधारण नागरिकले पनि लगाउन पाउने छन् । 

उनीहरुका अनुसार यहाँका नागरिकले प्रति डोजको १२।८ अमेरिकी डलरका दरले लगाउन पनि पाउने भएका बताइएको छ । सरकारले यो शुरुको डोज यहाँका स्वास्थ्यकर्मी तथा आवश्यकताका आधारमा जोखिममा रहेका नागकिरलाई दिने छ भने अरु खोप सर्वसाधारणका लागि पनि दिइने बताइएको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुका अनुसार शुरुमा यो खोप स्वास्थ्यकर्मी हुदै अरु आवश्यक परेका अथवा जोखिममा परेका नागरिकलाई दिइने छ भने त्यसपछि भने सर्वसाधारण नागरिकले पनि तोकिएको मूल्य तिरेर लगाउन पाउने भएका छन् । रासस

Logo