सनस्क्रिन लगाउनु भन्दा अगाडी थाहा पाउनै पर्ने कुराहरु

सनस्क्रिन लगाउनु भन्दा अगाडी थाहा पाउनै पर्ने कुराहरु


गर्मी महिनामा धेरैको पहिलो रोजाई भनेकै सनस्क्रिन क्रिम लगाउने भन्ने हुन्छ । अहिले बजारमा पनि धेरै किसिमका सनस्क्रिन क्रिमहरु उपलब्ध रहेको छ । तर तपाईले कुन सनस्क्रिन क्रिम गुणस्तरीय र कुन मात्रामा भएको सनस्क्रिन क्रिम राम्रो हो भन्ने कुरालाई छुट्याउन सक्नुहुदैन । यस्तो अवस्थामा तपाईले कुनै राम्रो ब्राण्डको सनस्क्रिन क्रिम खरिद गर्नु नै राम्रो हो भन्ने ठान्नुहुन्छ । तर सनस्क्रिन क्रिममा रहेको एसपिएफको मात्रा हेरेर खरिद गर्नु अर्को राम्रो बुद्धिमानी हो ।

आफुले प्रयोग गर्ने कुनै पनि किसिमको सनस्क्रिन क्रिम आफ्नो छालालाई कत्तिको सुहाँउछ भन्ने कुरा थाहा पाएमा राम्रो हुन्छ ।

जुनसुकै मौसममा पनि सूर्यको किरणको प्रभाव छालामा परिरहेको हुन्छ । अझ गर्मी मौसममा यसको प्रभाव बढी नै हुने गर्छ किनकी गर्मीमा धेरैले शरीर कमै ढाक्ने लुगा लगाएर हिड्डुल गर्ने गर्छन् ।

सूर्यको किरणमा अल्ट्रा भ्वाईलेट रेको मात्रा रहेको हुन्छ र यसले छालामा कुनै न कुनै रुपमा प्रभाव पारिरहेको हुन्छ । अझ गर्मी महिनामा यसको प्रभाव छालामा अझ बढी देखिने गर्छ । यस्तो अवस्थामा सूर्यको किरणवाट आउने अल्ट्रा भ्वाईलेट रेवाट छालालाई जोगाउने भनेको सनस्क्रिन क्रिम नै हो । कतिपयलाई सनस्क्रिन क्रिम लगाउदा पनि छालामा देखिने समस्याहरु कम हुन सक्दैन ।

एक शोधका अनुसार कुनै पनि ब्यक्तिलाई आफ्नो उमेर भन्दा अगाडी छालामा चाउरी पन बढी देखिनु, छाला फुर्सो हुनु, छाला फाट्नु, छालाको रंगमा परिवर्तन आउनुको मुख्य कारण अल्ट्रा भ्वाईलेट किरणको प्रभावले हुने गरेको छ । लामो समयसम्म सूर्यको प्रकाशमा बस्दा छाला कालो हुनुका साथै छालासंग सम्बन्धित विभिन्न किसिमका रोगहरु पनि देखा पर्ने गर्छ । यस्तो अवस्थामा छालालाई सूर्यको पराबैजनी किरणवाट जोगाउने हो भने सनस्क्रिम क्रिम सबैभन्दा भरपर्दो माध्यमको रुपमा रहेको छ । सबै सनस्क्रिमले पराबैजनी किरणलाई रोक्छ भन्ने छैन । त्यसैले अमेरिकन एकेडमी अफ डर्मटोलोजीका बिशेषज्ञहरुले सनस्क्रिममा हुने एसपिएफको मात्रालाई ध्यान दिनु पर्ने कुरा सुझाएका छन् । उनीहरुका अनुसार १५ एसपिएफ भन्दा बढी भएको सनस्क्रिम क्रिम छालालाई राम्रो मानेका छन् । तर गर्मीको मात्रा बढी वा गर्मी महिनामा भने यो संख्या ३० भएको सम्म प्रयोग गर्नु राम्रो मानेका छन् ।

सूर्यको किरणवाट आउने अल्ट्रा भ्वाईलेट रेवाट हुने सनवर्नवाट बचाउन सनस्क्रिमको गुणस्तरलाई एसपिएफको मात्रामा मुल्यांकन गर्न सकिन्छ । सनस्क्रिममा एसपिएफको मात्रा जति बढी भयो त्यसले त्यत्तिनै अल्ट्रा भ्वाईलेट किरणवाट छालालाई जोगाउन सक्छ । जस्तो कुनै सनस्क्रिम क्रिममा एसपिएफको मात्रा १५ छ भने यसले छालाको सुरक्षा पनि १५ गुणा बढी गर्ने गर्छ । यदी तपाई कुनै पनि सनस्क्रिम क्रिमको प्रयोग नगरी घाममा हिड्डुल गर्नुहुन्छ भने तपाईको छाला डढ्ने समस्या १५ गुणाले नै बढी हुने गर्छ । सनस्क्रिम क्रिम नलगाई तपाई घाममा हिड्नु भयो भने तपाईको छाला २० मिनेटमै डढ्न सक्छ । यदी सनस्क्रिम स्क्रिमको प्रयोग गरेर हिड्नु भयो भने ४–५ घन्टा सम्म पनि छाला डढ्ने समस्या देखिदैन । यस्तो अवस्थमा अल्ट्रा भ्वाईलेट रेवाट जोगिनका लागि अहिले सनस्क्रिन क्रिम र सनब्लकको प्रयोग गर्ने गर्छन् । जानकारहरुका अनुसार सनस्क्रिम क्रिमले सूर्यको किरणलाई कमै फिल्टर गर्ने बताउछन् भने सनब्लकमा जिंक अक्साईडको मात्रा बढी भएको कारण यो बढी प्रभावकारी हुने बताउछन् ।

Logo